नियम १२
अभिलेख राख्नु पर्ने
(१) नियम ११ बमोजिम सूचीकृत भएका बिज्ञापन एजेन्सीले आफ्नो एजेन्सी मार्फत गरिएका विज्ञापनहरुको दर्ता किताब खडा गरी अभिलेख राख्नु पर्नेछ ।

(२) उपनियम: (१) बमोजिम राखिएको अभिलेखको बोर्डले आवश्यकता अनुसार निरीक्षण गर्न सक्नेछ ।

(३) उपनियम (२) बमोजिम निरीक्षण गर्दा अभिलेख सम्बन्धमा कुनै सुधार गर्नु पर्ने देखिएमा सो सुधार गर्न बोर्डले त्यस्तो एजेन्सीलाई निर्देशन दिन सक्नेछ । त्यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित एजेन्सीको कर्तव्य हुनेछ ।